arrow

प्रधानन्यायाधीश र राजदूतको सुनुवाइ

प्रस्तावित प्रधानन्यायाधीश र राजदूतका उजुरीकर्तासँग छलफल [भिडियो]

समितिमा पहिलोपटक भिडियो कन्फरेन्समार्फत छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
samiti-sunuwai-06-15.jpg

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र प्रस्तावित राजदूत चित्रलेखा यादव र सेवा लम्सालको विरुद्धमा उजुरी दिएका उजुरीकर्ताहरूसँग छलफल गरेको छ । मंगलबार प्रस्तावित प्रधानन्यायाधीश राउत र प्रस्तावित राजदूत द्वय यादव र लम्सालमाथि उजुरी दिएका उजुरी कर्ताहरूसँग छलफल गरेको हो । 

प्रस्तावित प्रधानन्यायाधीश राउतमाथि ६ वटा र द्वय राजदूतमाथि एक-एक गरी कुल आठ वटा उजुरी समितिमा प्राप्त भएका थिए । उजुरीकर्ताहरूसँग आज छलफल सकिएको र मंगलवार बस्ने समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश सिंह र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत यादवलाई कार्यपत्र प्रस्तुत गर्न दिने निर्णय भएको ज्येष्ठ सदस्य सभापति आनन्द ढुङ्गानाले बताए । 

उनले बैठक बुधवार दिउँसो १ बजेका लागि बोलाइएको जानकारी दिए । समितिले आजदेखि नै पहिलो पटक भिडियो कन्फरेन्सबाट पनि उजुरीकर्ताहरूसँग उजुरीबारे छलफल गर्न प्रारम्भ गरेको छ । समितिमा परेका ८ उजुरीमध्ये २ जनाको उजुरी भिडियो कन्फरेन्समार्फत छलफल भएको हो । प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी दिने उजुरीकर्ता नेपाली सेनाका अवकाशप्राप्त सेनानी प्रज्वलन बस्नेत अमेरिकामा रहेकाले उनसँग भिडियोमार्फत छलफल गरेको छ । त्यस्तै बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालमाथि उजुरी दिने कुमारबहादुर श्रेष्ठसँग भिडियो कन्फरेन्समार्फत छलफल गरेको छ । 

उनले भने, ‘आजको हाम्रो बैठकमा हामीले दुई जना राजदूत र प्रधानन्यायाधीश तीन जनाको उजुरीका बारेमा उजुरीकर्तासँग सबै कुरा बुझ्यौँ । भोलि १ बजे प्रधानन्यायाधीश र प्रस्तावित राजदूत चित्रलेखा यादवलाई बोलाएर उहाँहरूको कार्यपत्रहरू सबै कुरा बुझ्नेछौँ ।’

संसदीय समितिमा प्रविधिको प्रयोग गरेर छलफल गर्न सकिने व्यवस्था प्रतिनिधि सभा नियमावली २०७९ मा छ । सुनुवाइ समितिमा उजुरीकर्तासँग भिडियो कन्फरेन्समार्फत पहिलो पटक अभ्यास गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ