arrow

केएमसीको स्वास्थ्य टोली चाँगुनारायणमा, साढे चार सय बिरामीको उपचार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
kmc-81-6-15.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरको चाँगुनारायणमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

चाँगुनारायण स्वास्थ्य चौकीमा भएको उक्त शिविरमा चार सय ५८ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

 बिरामीमध्ये ४८ जनाको भिडियो एक्सरे, ४५ जनाको ईसीजी तथा ६८ जनाको ल्याब परीक्षण गरिएको थियो । 

१८ जनाको दाँत खोलिएको थियो भने ३८ बिरामीलाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ