arrow

एभरेष्ट महिला भलिबल लिगमा आज तीन खेल, ललितपुरको लगातार दोस्रो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
volleyball-lalitpur-queens.jpg

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग अन्तर्गत आज तीन खेल हुँदैछन् । पहिलो खेल ललितपुर क्विन्स र कर्णाली यशविसबीच दिउँसो ३ः४५ बजेदेखि शुरु हुने छ भने दोस्रो खेल काठमाडौँ स्पाइकर्स र गण्डकी थण्डर्सबीच साँझ ५ः४५ बजेदेखि शुरु हुँदैछ । 

त्यस्तै आजको तेस्रो खेल चितवन शक्ति र मधेस युनाइटेडबीच बेलुकी ७ः४५ बजेदेखि हुनेछ । यसअघि ललितपुर क्वीन्सले लगातार दोस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा ललितपुर क्विन्सले मधेस युनाइटेडलाई ३–१ को सेटमा पराजित गरेको हो ।

ललितपुरले खेलमा शुरुका दुवै सेट लगातार जितेको थियो । पहिलो सेट २५–१५ र दोस्रो सेट २६–२४ ले जितेको ललितपुरले तेस्रो सेट २६–२४ ले नै हारेको थियो । तेस्रो सेट जितेर खेलमा कमब्याकको प्रयास गरेको मधेश चौथो सेटमा २५–२३ को प्रतिष्पर्धात्मक खेलमा पराजित भएको थियो ।

मधेसको यो लगातार दोस्रो हार हो । मधेसले पहिलो खेल कर्णालीसँग हारेको थियो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ