arrow

एकीकृत समाजवादी आगामी निर्वाचनबाट बलियो पार्टी : सचिव बराल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
shreenath-baral-nekapa s.jpg

पोखरा । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सचिव श्रीनाथ बरालले एकीकृत समाजवादी आगामी निर्वाचनबाट बलियो पार्टी बन्ने दावी गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) वडा कमिटी पोखरा-१३ ले आयाेजना गरेकाे बडादशैँ, विजयादशमी, तिहार, नेपाल सम्वत्, छठ, ल्होसार पर्वको छेको पारेर शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पार्टीको दशौँ महाधिवेशन सम्पन्न भएपश्चात नयाँ कार्यक्रम पारित गरेर अगाडि बढेको भन्दै उनले पार्टीले अघि सारेका सबै कार्यक्रम समाजवाद उन्मुख, जनताको पक्षमा जनताकै अधिकारका लागि रहेको बताए ।

सचिव बराललले पार्टी अब जनताको घरघरमा जाने र सडक तथा सदनबाट खबरदारी गर्ने बताए । पार्टी जन्मिँदा सानो हुने तर उसका नीति कार्यक्रमले ठूलो हुने भन्दै सचिव बरालले पार्टीले विस्तारै आकार बढाउँदै लगेको स्पष्ट पारे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कृष्ण नेपाली, गण्डकी प्रदेश सदस्य जीतबहादुर रसाईली, विवेक भुजेल, जिल्ला कमिटी अध्यक्ष खड्ग हमाल, उपाध्यक्ष पूर्ण लामा, सचिव डीबी राई, जिल्ला कमिटी सदस्य बिनोद बराल, महानगर कमिटी अध्यक्ष मुक्ति पोखरेल, उपाध्यक्ष प्रेम थापा, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष श्रीराम सिग्देल, एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रीय सचिव बाबुराम बराल, महानगर कमिटी सदस्य शालिक बराललगायतले बोलेका थिए ।

पार्टीका वडा कमिटी अध्यक्ष भोजराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नवराज बरालले स्वगत र सञ्चालन सहसचिव रबिमोहन बरालले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ