arrow

नेपाल–भारतबीच पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण स्थल निर्माण सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
ioc-noc-81-6-17.jpg

काठमाडौँ । नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण स्थल निर्माण परियोजनाका लागि सम्झौता भएको छ ।

पाइपलाइन र भण्डारण गृह निर्माण गर्नका लागि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) बीच बिहीवार भारतको नयाँदिल्लीमा सम्झौता भएको निगमले जानकारी दिएको छ । 

जस अुनसार सिलगुढीदेखि झापासम्म नयाँ पेट्रोलियम पाइपलाइन, बारा अमलेखगन्जको पाइपलाइनलाई चितवनसम्म विस्तार र झापामा इन्धन भण्डारण गृह इन्डियन आयल कर्पोरेशनले करिब १५ अर्ब अनुदानमा बनाइदिने भएको हो ।

सम्झौता पत्रमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिका भट्ट र आईओसी पाइपलाइन परियोजनाका मेनेजिङ डिरेक्टर सेन्थल कुमारले हस्ताक्षर गरेका छन् ।

तीन वटा परियोजना आइओसीले अनुदानमा बनाइदिने र चितवनको भण्डारण स्थल निगमको लगानीमा निर्माण गर्ने गरी सम्झौता भएको निगमले जनाएको छ । 

निगम र इन्डियन आयल कर्पोरेशनबीच भएको तीन बुँदे सहमति–
१, भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको चारआलीमा १८,९०० किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने ।

२, नेपालको अमलेखगंजबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना भारत सरकारको अनुदानमा निर्माण हुने ।

३, चितवनको लोथरमा ९१,९०० किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुने ।

पाइपलाइन अमलेखगन्जबाट चितवनसम्म ल्याएपछि दीर्घकालीन रूपमा मुलुकमा पेट्रोलियम पदार्थको बिक्रीवितरण र व्यवस्थापन गर्न सजिलो हुन अपेक्षा गरिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ