arrow

महिला भलिबल लिगमा अन्तिम चरणका खेल हुँदै, फाइनल पुग्न रस्साकस्सी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
women-volleyball-81-6-17.jpg

काठमाडौँ । राजधानीमा जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत आज लिग चरणका अन्तिम खेल हुँदैछन् ।

लिगमा ४-४ खेल सम्पन्न हुँदा कर्णाली यशविस शीर्ष स्थानमा रहेको छ । कर्णालीले ४ खेलमा अपराजित रहँदै १० अंक हासिल गरेको छ । त्यस्तै काठमाडौँ स्पाइकर्स ४ खेलमा ३ जित र एक हारसहित ९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी चितवन शक्ति ४ खेलमा २ जित र २ हारसहित ७ अंक हासिल गर्दै तेस्रो र ललितपुर क्वीन्स ४ खेलमा २ जित र २ हारसहित ७ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।

त्यस्तै फाइनलको दौडबाट बाहिरिएको गण्डकी थण्डर्सको ४ खेलमा एक जित र ३ हारसहित केवल ३ अंक छ भने मधेस युनाइटेडले ४ खेलमा सबै खेलमा हार बेहोरेर अंकविहीन रहेको छ ।

अब आज लिग चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको कर्णाली र दोस्रो स्थानमा रहेको काठमाडौँ भिड्दै छन् । यो खेलको विजेता फाइनलमा पुग्ने निश्चित छ । यो खेल बेलुकी ७ः४५ बजेदेखि शुरु हुने छ ।

त्यसैगरी तेस्रो स्थानमा रहेको ललितपुर क्वीन्स र चौथो स्थानमा रहेको चितवन शक्तिबीच आजको पहिलो खेल हुँदैछ । यो खेल दिउँसो ३ः४५ बजेदेखि शुरु हुँदैछ ।

त्यसैगरी आजको दोस्रो खेल मधेस युनाइटेड र गण्डकी थण्डर्सबीच हुँदै छ । यो खेल सँझ ५ः४५ बजेदेखि शुरू हुने छ । दुवै फाइनलको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले फाइनलको समीकरणमा कुनै असर गर्ने छैन ।
   
        



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ