arrow

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीको पहिलो खेलमै नेपालको लज्जास्पद प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
rugby-81-6-18.jpg

काठमाडौँ । एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबारबाट शुरु भएको एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा आयोजक नेपाल पहिलो खेलमा पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा पुरुषतर्फ नेपाल उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको हो । 

यस्तै अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबियालाई ३९–७, श्रीलंकाले काजखस्तानलाई ४३–०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पारजित गरेको हो ।
 
चाइनिज ताईपेइले अफगानिस्तालाई ७–२६ को स्कोरमा पराजित गर्यो। यस्तै महिलातर्फ पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरेले पराजित गरेको हो। 

प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता रहेको छ। आयोजकका अनुसार पहिलो दिन ३० खेल हुनेछ। जसमा ओपनिङ खेलअघि सात खेल सम्पन्न भएको छ। 

प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ। प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ