arrow

दाउन्नेमा फेरि भासियो सडक, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १९ शनिबार
daunney-road.jpg

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा शुक्रबार साँझ सडक भासिएपछि पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

जिल्लाको बर्दघाट नगरपालिका-४ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले बताए ।

सूचना अधिकारी बोहराका अनुसार सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त प्रयास भइरहेको छ ।

सडक सर्मत गरेर सवारी साधन सञ्चालन गर्नका लागि समय लाग्ने उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ