arrow

एसिया रग्बी ट्रफी निरीक्षण गर्न भारतीय राजदूत श्रीवास्तव रंगशालामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १९ शनिबार
nabin-srivastav-stadium-rug.jpg

काठमाडौँ । भारतीय राजदूत नविन श्रीवास्तव दशरथ रंगशाला पुगेका छन् । उनले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी एसिया रग्बी इमिरेट्स ट्रफी–२०२४ को निरीक्षण गरेका हुन् । सो क्रममा उनले खेलसमेत हेरेका छन् । 

शनिबार भारतको पनि खेल रहेको थियो । तर भारतले भने खराब प्रदर्शन गरेको छ । भारतलाई श्रीलंकाले २२–० को फराकिलो अन्तरले हरायो । 

यता नेपालले लगातार खराब प्रदर्शनलाई कायमै राखेको छ । घरेलु महिला टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा पराजित भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको खेलमा महिला टोली श्रीलंकासँग १७–१५ को प्रतिस्पर्धात्मक स्कोरमा पराजित भएको हो।

यसैगरी शनिबार भएको अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई २६–१० को स्कोरमा पराजित गरेको छ।

फिलिपिन्सले भने बहराइनलाई १९–१४ ले पराजित गर्न सफल भयो । उज्वेकिस्तानले काजखस्थानलाई १०–५ ले पराजित गर्यो । 

जोर्डनले चाइनिज ताइपेईलाई २७–७ ले तथा इन्डोनेसियाले फिलिपिन्सलाई २४-१० को स्कोरले पराजित गर्यो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ