arrow

नेपाल एयरलाइन्सका क्याबिन क्रुको आन्दोलन फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १९ शनिबार
nepal-airlines-crue-members.jpg

काठमाडौँ । ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलनमा नेपाल एयरलाइन्सका क्याबिन क्रु (विमान परिचारक र परिचारिका) आन्दोलन फिर्ता लिन सहमत भएका छन् ।

शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको उपस्थितिमा भएको दुई चरणको छलफलपछि क्याबिन क्रु जारी आन्दोलन फिर्ता लिन सहमत भएका हुन् । 

४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारक–परिचारिका) हड्तालमा उत्रिएपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए ।

छलफलपछि नेपाल एयरलाइन्स ४५ वर्षको उमेर हद हेरफेर गर्न सकारात्मक भएको छ ।  त्यसका लागि विनियमावली परिवर्तन विषय प्रक्रियामा लाने सहमति भएको छ भने सर्वोच्च अदालतमा विचाराधीन मुद्धा र दुई पटक भएको अन्तरिम आदेशको विषयमा  महान्यायाधिवक्तासँग छलफल गर्न दुई पक्ष सहमत भएका छन् ।

आन्दोलन फर्तासँगै विमान परिचालिका एवम् परिचालकहरुले आजैबाट काममा फर्किएका छन् । निगममा कार्यरत परिचारिका र परिचारकहरूको संस्था नेफाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वौच्च अदालतमा रिट निवदेन दिएका थिए ।

उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ