arrow

यी हुन् असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू [भिडियो]

सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २० आइतबार
gurung-06-20.jpg

काठमाडौँ । सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने भएको छ । मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको हो । विभिन्न भन्सार लगायतका स्थानमा यात्रुले ल्याउन र लैजान पाउने वस्तुको बारेमा ज्ञान नहुँदा समस्या पैदा हुने गरेको भन्दै आदेश जारी गर्न लागिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । 

बैठकले राजस्व न्यायाधिकरण विराटनगरको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज चन्द र राजश्व न्यायाधिकरण नेपालगन्जको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश सुवास बुढालाई तोक्ने निर्णय गरेको छ । त्यस्तै वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत दिपायलका न्यायाधीश गोकर्ण धामीलाई तोक्ने पनि निर्णय गरेको उनले जानकारी दिए । 

मन्त्रिपरिषद् बैठकले गरेको निर्णय बारे जानकारी दिँदै उनले भने – ‘थाइल्याण्डको बैंककमा असोज २२–२४ सम्म आयोजना हुने सामाजिक विकास सम्बन्धी कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८-१२-२४ गतेको निर्णय अनुसार नेपाल राष्ट्र बैङ्कका गभर्नर उपर छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत आ.व. २०८१-०८२ को लागि अधिकृत स्तरका २८ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
नेपाल विद्युत् प्राधिकरण रामेछाप उपवितरण केन्द्रका लागि करिब ७ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने ।
राजश्व न्यायाधिकरण विराटनगरको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज चन्द र राजश्व न्यायाधिकरण नेपालगन्जको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश सुवास बुढालाई तोक्ने ।
वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत दिपायलका न्यायाधीश गोकर्ण धामीलाई तोक्ने ।
असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण प्रभावित १२ जिल्लाका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने ।
गृह मन्त्रालय अन्तर्गत आ.व. ०८१-०८२ का लागि अधिकृत स्तरका २१ वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
गृह मन्त्रालयलाई सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।
अपराध सम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण पहिलो संशोधन विधेयक निर्देशिका २०८१ लाई स्वीकृत प्रदान गरेको छ ।
नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर लोकसेवा आयोगको परामर्श लिने कामका लागि स्वीकृति प्रदान गर्ने ।
कार्तिक १३–१४ मा कोलम्बियामा आयोजना हुने हाई लेभल सेग्मेन्ट अफ युएन बायोडाइभर्सिटि कन्फरेन्स् २०२४ मा सहभागी हुन वन तथा वातावरण मन्त्रीलाई स्वीकृति प्रदान गर्ने ।
अजिरकोट गाउँ कार्यपालिकाको कार्यालय गोरखालाई प्रशासनिक भवन निर्माणको लागि ६ रोपनी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने ।
व्यवहारिक विज्ञान प्रविधि तथा नवप्रवर्द्धन कोर्स सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने ।
वैदेशिक रोजगार छैटौँ संशोधन नियमावली २०८१ लाई स्वीकृति प्रदान गर्ने ।
सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्ष पदमा प्रा.डा. ठाकुरप्रसाद दवाडीलाई मनोनयन गर्ने ।
असोज २१–२३ सम्म भारतको नयाँ दिल्लीमा सञ्चालन हुने ७७ सेसन अफ द डब्ल्युएचओ रिजनल कमिटी फर साउथ इस्ट एसिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने ।
यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने ।
जल तथा मौसम विज्ञान नीति २०८१ स्वीकृति प्रदान गर्ने ।’

बैठकले जल तथा मौसम विज्ञान नीति २०८१ स्वीकृत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ