arrow

पाँच प्रदेशमा मनसुनी वायु, दुईमा पश्चिमी वायुको प्रभाव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
weather-satellite-image-mfd.jpg

काठमाडौँ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । 

देशको पूर्वी र मध्य भागमा भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। साथै कोशी प्रदेश र बागमती प्रदेशका एक वा दूई स्थानमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ