arrow

यी हुन् असोज २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू [भिडियो]

सरकारद्वारा आर्थिक सुधार सुझाव आयोग गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
prithivi-gurung-06-23.jpg

काठमाडौँ ।  सरकारले आर्थिक सुधार सुझाव आयोग गठन गरेको छ । पूर्वअर्थसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा पाँच सदस्यीय सो आयोग गठन गरेको हो । मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको समग्र अर्थतन्त्रको सुधारका लागि राय दिने कार्यादेशसहित सो आयोग गठन गर्ने निर्णय सरकारले गरेको बताए ।

 त्यसै गरी बैठकले थप ५७ वटा अहिलेसम्म खुला नभएका हिमालहरूलाई आरोहणका लागि खुला गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका थप हिमालहरूको आरोहणका लागि अनुमति दिने निर्णय पनि गरिएको बताए  । सरकारले २०८१ कार्तिक १९ देखि २३ सम्म इजिप्टको कायरोमा आयोजना हुने वर्ल्ड अरबान फोरम सम्मेलनमा सहभागी हुनका लागि उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई पठाउने निर्णय पनि गरेको छ । त्यसै गरी २०८१ कार्तिक १ देखि ३ गतेसम्म रसियामा आयोजना हुने २२ औँ इन्टरनेशनल स्पोर्ट्स फोरममा सहभागी हुन युवा तथा खेलकुद मन्त्री तजुलाल चौधरीलाई पठाउने प्रस्ताव पनि मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको छ । 

प्रवक्ता गुरुङले बैठकले भने, ‘मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रको सुधारका लागि राय सहितको प्रतिवेदन पेस गर्न पूर्व सचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा ५ सदस्यीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने निर्णय गरेको छ । त्यस्तै प्रकारले चालु आर्थिक वर्ष २०८१÷८२ का लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तगत विभिन्न आयोजना र निकायका लागि कूल २६६ राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने । गत वर्ष २७८ थियो । अहिले २६६ भएका छन् । २०८१ कार्तिक १ देखि ३ गतेसम्म रसियामा आयोजना हुने २२ औँ इन्टरनेशनल स्र्पोटस फोरममा सहभागी हुन माननीय युवा तथा खेलकुद मन्त्रीलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको छ । नेपालमा हिमालै हिमालको देश भनिए पनि अझै पनि हाम्रा धेरै हिमालहरू पर्वतारोहणका लागि खुला गरिएको छैन । यस पटक नेपाल सरकारको यो निर्णयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका हिमालहरूको आरोहणका लागि थप ५७ वटा अहिलेसम्म खुला नभएका हिमालहरूलाई आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ । त्यस्तै प्रकारले हुलाक सेवा विभाग र त्यस अन्तर्गतका निकायहरूको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको दूर सञ्चार दसौँ संशोधन नियमावली २०८१ पनि स्वीकृत भएको छ । २०८१ कार्तिक १९ देखि २३ सम्म इजिप्टको कायरोमा आयोजना हुने वल्ड अरबान फोरम सम्मेलनमा माननीय उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्रीलाई सहभागी हुने प्रस्ताव पनि स्वीकृत गरिएको छ । सेयर तथा ऋण लगानी नीति २०८१ स्वीकृत भएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ