arrow

गाडी दुर्घटना हुँदा एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
accident-final.jpg

दैलेख । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-२ चाल्नेचौतारामा यात्रु बोकेको एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका-१ का २२ वर्षीय प्रकाश बुढा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उकालोमा टायर चिप्लिँदा गाडी भित्तामा ठोक्किँदा घाइते भएका बुढालाई थप उपचारका लागि दुल्लु अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार सुर्खेतबाट चामुण्डा-२ चाल्ले चौतारातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०९०६ नम्बरको गाडी मंगलबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए ।

गाडीमा २३ जना सवार रहेकामा अन्य सबै सकुशल रहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ