arrow

मोटरसाइकल दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
accident-final.jpg

जुम्ला । जुम्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार तिला गाउँपालिका-३ स्थित त्रिवेणीबाट तातोपानी गाउँपालिका-७ सर्मीतर्फ जाँदै गरेको क१प १६०५ नम्बरको मोटरसाइकल दुघर्टना हुँदा तातोपानी-७ सर्मी गाउँका अन्दाजी ३१ वर्षीय हेमराज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी भानुभक्त अर्यालले जानकारी दिए ।

मोटरसाइकल सडकबाट अन्दाजी एक सय ६० मिटर तल भेरी खोलाको छेउमा खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

दुर्घटनामा परी हेमराजका छोरा अन्दाजी नौ वर्षीय परिश्रमको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ