arrow

उपत्यकासहित कहाँ कहाँबाट बाहिरियो मनसुन ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
weather-ktm-kathmandu-metro-sky.jpg
फाइल तस्बिर

काठमाडौँ । यस वर्षको मनसुन काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भूभागका साथै काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको छ ।

महाशाखाका अनुसार बागमती प्रदेशको पश्चिमी भूभाग र मधेस प्रदेशका पश्चिमी भूभागका थोरै स्थानबाट पनि मनसुन बहिर्गमन भएको छ ।

हाल कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

यता गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत मधेस र बागमती प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव छ । 

मंगलबार कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी र बागमती प्रदेशका एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको पनि जनाइएको छ ।

नेपालको सुदूरपश्चिमलगायत कर्णालीका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट असोज २० गते यस वर्षको मनसुन बहिर्गमन भएको थियो ।

यस वर्षको मनसुन गत जेठ २८ गते नेपालमा भित्रिएको थियो । यस वर्षको मनसुनले ठूलो जनधनको क्षति गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ