arrow

माछापुच्छ्रे बैङ्कले सञ्चालनमा ल्यायो एम-कार्ड सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २४ बिहिबार
mbl-m-card-launch-2081.jpg

काठमाडौँ। डिजिटल बेकिङ क्षेत्रमा समय सापेक्ष नवीनतम प्रविधिमैत्री उपकरण सञ्चालनमा ल्याउन सदैव उत्साहित तथा क्रियाशील रहेको माछापुच्छ्रे बैङ्कले हाल आफ्ना ग्राहकहरूलाई नौलो अनुभव दिन एम-कार्डको सुविधा सगौरव सञ्चालनमा ल्याएको छ। यस एम-कार्ड सेवा मार्फत बैङ्कका ग्राहकहरूले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरूको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बिरहरू जस्तै विभिन्न मन पर्ने स्थानहरू, प्राकृतिक-धार्मिक-ऐतिहासिक सम्पदाहरू, कला तथा संस्कृति झल्किने चित्रहरू आदि आकृतिहरू अङ्कित गरी सम्बन्धित ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड गर्न सकिने बैङ्कले जनाएको छ।

साथै कार्डमार्फत कार्डधारकले पर्सनलाइज्ड कार्डमा अङ्कित तस्बिर प्रतिको प्रेम भाव, सम्मान तथा आस्था दर्साउन उत्तम माध्यमको रूपमा आत्मसात् गर्न सक्ने छन्। एम-कार्ड सेवाले कार्ड प्रयोगकर्तालाई पृथक् अनुभूति जगाउने र नौलोपनको आभास दिलाउने छ।

बैङ्कले हाल यो एम-कार्डलाई भिसा डेभिड कार्डको रूपमा प्रस्तुत गरेको भएता पनि भविष्यमा क्रेडिट कार्ड समेतमा लागु गर्ने बैङ्कको योजना रहेको छ। बैङ्कको २४ औँ वार्षिकोत्सवको अवसरमा हालै यो एम-कार्ड जारी गर्दा ग्राहकलाई जारी शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ।

“हाम्रा ग्राहकहरूलाई नवीन तथा व्यक्ति अनुकूलित बेकिङ समाधानहरू प्रदान गर्न प्रतिबद्ध छौँ”, माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने एम-कार्ड सेवाको शुभारम्भले भिसा कार्डको सुविधा तथा सुरक्षा अनुभव यथावत् राख्दै हाम्रा ग्राहकहरूलाई आफ्नो व्यक्तित्व तथा व्यक्तिगत रुचि अभिरुचिहरू पर्सनलाइज्ड कार्डमार्फत प्रकट गर्ने अवसर प्रदान गर्नेछ।”

माछापुच्छ्रे बैङ्क ग्राहक केन्द्रित डिजिटल सेवा विस्तार गर्न निरन्तर अग्रसर छ र ग्राहकहरूको बेकिङ अनुभवलाई थप उत्कृष्ट बनाउन बैकले एम-कार्ड सेवामार्फत अर्को एक कदम अघि सारेको छ।

एम-कार्ड सेवा मार्फत कार्डलाई पर्सनलाइज्ड गर्नको लागि https://www.machbank.com/online-services लिङ्कमा जानुहोस् र आफ्नो कम्प्युटर वा मोबाइलबाट आफूलाई मन परेको तस्बिर अपलोड गरी सहजपुरले कार्ड पर्सनलाइज्ड गरी आफूले रोजेको यस बैङ्कको जुनसुकै शाखामार्फत प्राप्त गर्नुहोस्।

एम-कार्ड सेवाबारे थप जानकारीको लागि बैङ्कको वेबसाइट  https://mcard.machbank.com/ मा वा बैङ्कको ग्राहक सेवा केन्द्र ०१५९७०५५५ मा सम्पर्क गर्न भनेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ