arrow

बैत्यश्वरमा दुई यात्रुबाहक बस आपसमा ठोक्किए 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २७ आइतबार
accident-final.jpg

दोलखा । ओखलढुङगाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दोलखामा दुर्घटना भएको छ ।

ओखलढुङगाबाट काठमाडौँ आउँदै गरेको र रामेछापतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस आइतबार दिउँसो दोलखाको बैत्यश्वर गाउँपालिका ६ गोपीखोलामा एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् ।

बा ५ ख ५६३१ नम्बर र प्रदेश ३।०१०५ ख३९५६ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि चरिकोट ल्याईएको छ । घाइतेहरुको चरिकोटमा उपचार भइरहेको छ ।

दुर्घटनाका कारण अवरुद्ध पुष्पलाल मार्ग खुलाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ