arrow

माइक्रोले ठक्कर दिँदा मोटरसाइकलमा सवार प्रहरी हवल्दारको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २८ सोमबार
accident-final.jpg

तनहुँ । तनहुँमा आज बिहान सवारी दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्की रहेका छन् ।

गोरखाबाट पोखरा आउँदै गरेको विद्युतीय माइक्रो बसले हवल्दार नहर्की सवार गण्डकी एए ओओ १५ नम्बरको मोटरसाइकललाई आँबुखैरेनी गाउँपालिका वडा न. २ ढापटारमा ठक्कर दिँदा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीका अनुसार घाइते नहर्कीको आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ