arrow

साढे पाँच लाख नेपाली कामदार रहेको दुबईमा कन्सुलर खोल्न माग

logo
रामकुमार परियार, 
प्रकाशित २०८१ असोज २९ मंगलबार
arzu-81-6-29q.jpg

यूएई । नेपाली जनसम्पर्क समिति युएईले दुबईमा कन्सुलर कार्यालय खोल्न माग गर्दै परराष्ट्र मन्त्री आरजू राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ । जनसम्पर्क समिति यूएईका सभापति भुवानीप्रसाद तिमल्सिनाले मंगलबार परराष्ट्र मन्त्री देउवाको निवास काठमाडौँको बुढानीलकण्ठ पुगेर ज्ञापनपत्र बुझाएका हुन् । 

ज्ञापनपत्रमा झन्डै ५ लाख ५० हजार नेपाली कार्यरत यूएईको दुबईमा कन्सुलर कार्यालय नहुँदा नेपालीहरुले सास्ती बेहोर्नु परिरहेको र ठूलो आर्थिक भार बोक्नुपरेको उल्लेख गर्दै तत्काल दुबईमा कन्सुलर खोल्न माग गरिएको छ । 

यूएईको उत्तर पूर्वी राज्यहरु दुबई, शारजाहा, अजमान, रसअलखेमा, फुजेरा लगायतका स्थानबाट अबुधाबीस्थित दूतावास पुग्न कठिन रहेको उल्लेख गर्दै दुबईमा कन्सुलर खोलेमा नेपालीहरुको समय र खर्च दुवै बचत हुने ज्ञापनपत्रमा उल्लेख गरिएको जनसम्पर्क समिति यूएईका सभापति तिमल्सिनाले जानकारी दिए । 

ज्ञापनपत्रमा भिजिट भिजामा यूएई जाने नेपालीहरुको अनिवार्य बिमाको व्यवस्था मिलाउनका साथै अबुधाबीस्थित नेपाली दूतावासमा कर्मचारी अपुग रहेको उल्लेख गर्दै थप कर्मचारी व्यवस्थापन गर्नसमेत माग गरिएको छ । 

ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री देउवाले दुबईमा कन्सुलर खोल्ने प्रक्रियामा सरकार अगाडि बढिसकेको र कर्मचारी व्यवस्थापनका लागि तत्काल मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने जानकारी दिएको तिमल्सिनाले बताए ।

परराष्ट्रमन्त्रीसँगको भेटमा नेपाली जनसम्पर्क समिति यूएईका संरक्षक खेमराज बस्नेत , साउदीका सभापति अर्जुन थापा र मकाउका सभापति निर्मला थापा मगरले नेपाली श्रमिकका समस्याहरुको बारेमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ