arrow

वीरमा मेडिकल चेकअप गराएर कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई फेरि चौकीमै लगियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
ajayababu-shiwakoti-81-6-29.jpg
तस्बिर – मेडिकल चेकअपका क्रममा वीर अस्पतालमा रहँदा कांग्रेस नेता अजयबाबु शिवाकोटी ।

काठमाडौँ । बाटोमा हिँड्दा हिँड्दै प्रहरीले नियन्त्रणमा लिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई मालिगाउँको प्रहरी चौकीमा राखिएको छ । 

उनलाई साँझ सवा ६ बजेपछि बालुवाटरको बाटो भएर अगाडि जाने क्रममा प्रहरीले हुलमुलको बहानामा नियन्त्रणमा लिएको थियो । उनलाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेर मालिगाउँ ल्याएको थियो । 

निर्मला कुर्मीलाई न्याय माग्दै ६८ दिनदेखि निरन्तर आन्दोलित नेपालगञ्जका अधिकारकर्मी तथा नागरिकको आन्दोलन चलिरहँदा सडक जाम भएपछि के रहेछ भनेर गाडीबाट ओर्लिएर हेर्दा आफूलाई प्रहरीले पक्राउ गरेको उनले बताए । 

प्रहरीलाई आफूले आफ्ना बारेमा जानकारी दिएको भए पनि दुर्व्यवहार गरेर पक्राउ गरेर मालिगाउँ ल्याइएको उनले बताए । 

सडकमा हिँड्दा हिँड्दै हातको मोबाइल खोसेर आफूमाथि दुर्व्यवहार भएको उनले बताए । मोबाइलमा भएका तस्बिरहरु स्थायी रुपमै हटाउन लगाएकोसमेत उनले बताए । 

बालुवाटारको सडकमा बसेर चार जना महिलाले कुर्मीको न्यायका लागि नाराबाजी गरिरहेका थिए । 

शिवाकोटीसहित सात जना पक्राउ परेका हुन् । शिवाकोटीलाई मेडिकल चेकअपका लागि वीर अस्पताल लगिएकामा सामान्य मेडिकल चेकअपपछि पुनः प्रहरी चौकीमै लगिएको उनले बताए । 

यसरी प्रहरीलाई परिचय दिएर यो आन्दोलनसँग कुनै साइनो नहुँदा पनि पक्राउ गरेर राख्नुलाई भने गम्भीर रुपले हेरिएको छ । 

अहिलेसम्म कांग्रेसले कुनै प्रतिक्रिया भने जनाएको छैन । सरकारमा कांग्रेसबाटै गृहमन्त्री छन् । 

उनी उनी आफन्तकोमा बडादशैँको टीका र जमरा थापेर घर जाँदैथिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ