arrow

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
accident-final.jpg

चितवन । चितवनमा बुधबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं ४ नवदुर्गा चोकमा प्र-३-०३००१ प २४९६ नम्बरको मोटरसाइकल बा१च १०४९ नम्बरको कारमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यादव सवार मोटरसाइकल ना.२५ प ५७९९ नम्बरको मोटरसाइकलसँग ठक्कर खाई कारमा ठोक्किन पुगेको बताइन्छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर-५ का ३१ वर्षीय रितेश यादव छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ना२५प ५७९९ नम्बरको मोटरसाइकल चालक र कार चालकलाई नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ