arrow

विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक सिंहदरबारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
rastriya-bipad-jokhim-meeti.jpg

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्दैछ ।

गृहमन्त्री अध्यक्ष रहेको प्राधिकरणको बैठक दिउँसो ३ बजे प्राधिकरणको कार्यालय, सिंहदरबारमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकले बाढी पहिरोपछिको राहत वितरण र पुनः निर्माणबारे महत्वपूर्ण निर्णय गरेर सरकारलाई सिफारिस गर्ने तयारी गरिएको छ । 

प्राधिकरणको सिफारिस अनुसार आजै बस्ने मन्त्रिपरिषदको बैठकले यस विषयमा निर्णय लिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ