arrow

बाढीपहिरो पीडितलाई निःशुल्क स्वास्थ्य  बीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
bipad-meeitng-81-7-1.jpg

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपतका कारण घाइते भएका र मृत्यु भएका व्यक्तिहरूका परिवारका एक जना सदस्यलाई निःशुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको छ । 

बिहीबार बसेको विपद् व्यवस्थापनको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पेश गेरको उक्त प्रस्तावलाई समितिको बैठकले स्वीकृत गरेको हो । 

प्रस्ताव स्वीकृत भएसँगै विपदमा परेका परिवारका सदस्यले एक वर्षको निःशुल्क बीमाको सेवा सुविधा प्राप्त गर्नेछन् । बिहीबार बसेको समितिको सो बैठकले यस वर्षको जेठ २८ देखि असोज २६ गतेसम्मको अवधिमा विपदका कारण मृत्यु भएका व्यक्तिहरूका परिवारका एक सदस्यलाई बीमा गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै सम्भावित यस्तै प्रकारका विपदका घटनामा सरकारले आगामी दिनमा समेत निःशुल्क बीमा गर्ने निर्णय गरेको छ । 

बैठकमा विपद् व्यवस्थापनका लागि विभिन्न पहलहरू र भविष्यका योजनाबारे पनि छलफल गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ