arrow

मालवाहक ट्रक दुर्घटनामा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ३ शनिबार
accident-final.jpg

कालीकोट । कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडक खण्डअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका-५ खल्लागाडमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

आज जुम्लाबाट सुर्खेत जाँदै गरेको लु१क ३९३० नम्बरको ट्रक खल्लागाड पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए ।

ट्रक सडकबाट करिब ५० मिटर तल खोलामा खसेको छ ।

चालकको घटनास्थलमै मृत्यु हाे । मृतक चालक रुपन्देहीको बुटवल-१३, का हुमबहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ