arrow

बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु, २६ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
Accident-sign.jpg

सप्तरी । कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छभने २६ जना घाइते भएका छन् । 

कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई  उपचारका लागि विराटनगर पठाइएको छ । 

घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा  भइरहेको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो ।

उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ