arrow

स्याङ्जा बम विस्फोट प्रकरण : घरधनी पुरी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
bomb-blast.jpg

पोखरा । स्याङ्जाको चापाकोटमा भएको बम विस्फोट घटनाका सम्बन्धमा प्रहरीले घरधनीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चापाकोट नगरपालिका वडा नं. ४ पुरीगाउँका ४५ वर्षीय गोबिन्द पुरी रहेका छन् ।

उनी इलाका प्रहरी कार्यालय चापाकोटको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान गर्न पुरीलाई पक्राउ गरिएको डीएसपी पौडेलले बताए ।

शनिबार दिउँसो करिब ३ बजे पुरीकै घरमा सकेट बम विस्फोट भएको थियो । बम विस्फोट हुँदा उनी घाइते भएका थिए ।

उनलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि लुम्विनी मेडिकल कलेज पाल्पा लगिएको थियो ।

अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई नियन्त्रणमा लिइएको डीएसपी पौडेलले बताए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा, सिंह सार्दुल गुल्म स्याङ्जाबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेर मुचुल्कालगायतका कार्य गरेको थियो ।

टोलीले घटनास्थलबाट उच्च विस्फोटक पदार्थ ९ सय ग्राम, डेटकड २ थान, जंगी राउण्ड १ थान र खाली खोका दुई थान बरामद गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ