arrow

केएमसीको स्वास्थ्य टोली रोशीमा, दुई दिन निःशुल्क शिविर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
kmc-81-7-7u.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

उक्त शिविरमा एक हजार ३८ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

ग्रेस नेपाल रोशी ३ काभ्रेको आयोजनामा श्रीदेवी माविमा गरिएको शिविरमा १४८ जनाको ल्याब परीक्षण, १३७ जनाको ईसीजी, १६८ जनाको भिडियो एक्सरे गरिएको थियो । 

५८ जनालाई शल्यक्रियाका लागि केएमसी रिफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ