arrow

कोशीमा चक्रवात 'दाना' को आंशिक प्रभाव, तीन दिन यस्तो रहनेछ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
weather-satellite-image-mfd.jpg

काठमाडौँ ।  देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बङ्गालको खाडीमा विकसित चक्रवात 'दाना' को आंशिक प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेश  र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा  आंशिक देखि साधारणतया  बदली रही देशका बाँकी भू-भागमा आंशिक  बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती कोशी प्रदेश लगायत  कर्णाली र सुदूरपश्चिम  प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कार्तिक १० गते शनिबार कोशी ,लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । राती कोशी प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कार्तिक ११ गते आइतबार कोशी प्रदेश लगायत देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ