arrow

दशकिलोमा माइक्रोबस दुर्घटना, एकै परिवारका घाइते ११ मध्ये दुई गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
accident-final.jpg

मलेखु । काठमाडौँबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् । 

पारिवारिक भ्रमणमा निस्कएका यात्रु बोकेको बागमती प्रदेश ०१–०३०–च ७६५९ नम्बरको विद्युतीय माइक्रोबस धादिङको थाक्रे गाउँपालिका–६ स्थित १० किलो भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । 

घाइते सबैको महादेवबेँसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु एउटै परिवारका रहेको बताइएको छ । दुर्घटनाको कारण तथा यात्रुको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ