- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात दानाको आंशिक प्रभावसमेत रहेको छ । हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानहरुमा हल्का वर्षा भइहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टा कोशी प्रदेशलगायत देशको पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक–आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यता दानाको असर काठमाडौँ उपत्यकामा पनि परेको छ । दानाका कारण राम्रोसँग घाम लाग्न नसकेका अवस्थामा शनिबार बिहानैदेखि मौसम धुम्म रहेको छ । प्रदूषणसमेत बढेको छ भने चिसोसमेत बढेको छ ।