देशभर स्थानीय र पश्चिमी वायुको प्रभाव, दुई प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
688
Shares
काठमाडौँ । देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।
आज कोशी र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।