arrow

टेबलटेनिसमा नेपालले साउदीलाई हरायो, युगान्डासँग खेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
table-tennis-nepal-baharain.jpg

काठमाडौँ । बहराइनको मानामामा जारी आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला टिम इभेन्टमा साउदी अरेबियालाई पराजित गरेको छ ।

बहराइन नेसनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटी हल ‘बी’ मा ९ देखि १३ औँ स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरेबियालाई ४–१ ले पराजित गर्यो । 

जितसँगै नेपालले सोमबार ९ देखि ११ औँ स्थानका लागि युगान्डा वानसँग खेल्ने छ । 

यो खेल जितेमा नेपालले पुनः ९ देखि १० औं स्थानका लागि खेल्ने अवसर पाउने  छ । नतिजा अनुकुल नआएमा नेपाल ११ औँ स्थानमा रहने छ ।

महिला टिम इभेन्टमा नेपालले समूह चरणमा इङल्यान्ड, अजरवैजान, इटाली र चाइनिज ताइपेईंसँग प्रतिस्पर्धा गरेको थियो । 

नेपाल इङल्यान्डसँग ४–३, अजरवैजानसँग ५–२, इटालीसँग ५–२ र चाइनिज ताइपेईंसँग ७–० ले पराजित भएको थियो । 

महिला टिममा नेपालबाट इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेली रहेका छन् ।

महिलामा नेपालले सिंगल्स स्पर्धामा पनि प्रतिस्पर्धा गर्ने छ । पुरुषमा जेविश बुर्लाकोटी र आशिष महताले पनि सिंगल्समा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ