arrow

प्रस्तावित दुई न्यायाधीश र राजदूत लम्सालको सुनुवाइ बुधबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १२ सोमबार
samsadiya-samiti-81-7-12.jpg

काठमाडौँ । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको संसदीय सुनुवाइ यही कार्तिक १४ गते हुने भएको छ ।

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको सुनुवाइ आउँदो बुधबार एकैदिन गर्ने निर्णय गरेको हो ।

बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल परराष्ट्र सचिव छिन् । सर्वोच्चमा सिफारिस निरौला उच्च अदालत पाटन र पाण्डे तुलसिपुर उच्च अदालतका मूख्य न्यायाधीश हुन् ।

समितिको अर्को बैठक आगामी कार्तिक १४ गते बिहान ८ बजेका लागि बोलाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ