arrow

सुपारीको सहज निर्यात गर्ने व्यवस्था गर्नुपर्छ- सभापति खान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १४ बुधबार
abdul-khan-07-14.jpg

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले सुपारीलाई सहज रूपमा निर्यात गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुपारीको उत्पादन र निकासीमा भएका समस्याका सम्बन्धमा छलफल गर्दै सभापति खानले सुपारीको सहज रूपमा निर्यात गर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले उद्योग समितिले सुपारीको निर्यातका लागि सरकारलाई निर्देशन समेत दिइसकेको भन्दै कार्यान्वयन हुन नसकेको बताए । 

उनले अन्य बालीजस्तै सुपारी पनि कृषि उत्पादन भएको भन्दै यसको पनि निर्यात खोल्नुपर्नेमा जोड दिए । उनले निर्यात बन्द गरेर आयात मात्रै गर्ने हो भने देश समृद्ध हुन नसक्ने बताए । सुपारी निर्यात रोकेर समस्याको समाधान हुन नसक्ने उनको भनाई छ । 

उनले भने – ‘सुपारी हुन्छ हामीकहाँ । एउटा बाली पनि हो । हामीले यसको निकासी पनि दिइरहेका छैनौँ । र पनि चोरी, पैठारी, निकासी त भई नै रहेको छ । एकातिर राज्य पनि ठगिइरहेको छ । अर्कोतिर किसानहरू पनि मर्कामा परिरहेका छन् । यो विस्तृत जाँचबुझ अध्ययन गरेर हाम्रो समितिले एउटा निर्देशन दियौँ । निर्देशनमा के लेख्यौँ भने, नेपालमा उत्पादित अलैँची, अदुवा, चिया, कफी जस्तै सुपारीलाई समेत सहज निर्यात गर्न सुपारी खेतीसँग सम्बन्धित सहकारी सङ्घसहितको समन्वयमा निकासीको आवश्यक प्रबन्ध गर्न नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने भनेर समितिले जुन निर्णय गर्‍यो । यो पत्र मन्त्रालयमा पुग्यो र मन्त्रालयबाट एउटा पत्र आयो दिगो विकास समितिले अर्कै राय दिएको रहेछ । दुवै समितिको राय बाझियो स्पष्ट पारियोस् भनेर पत्र आयो । हाम्रो समितिको धारणा स्पष्ट छ यसमा कि जब अन्य बाली जस्तै सुपारी खेती पनि उत्पादन हुन्छ भने अन्य बाली जस्तै निर्यात गर्ने व्यवस्था हुनुपर्छ । यसमा कहीँ कतै हामीले कुनै लोभ, प्रलोभन, वा कसैको दबाबमा परेर होइन । यदि हामी निर्यात गर्ने वातावरण नै दिँदैनौँ भने आयात गरेर मात्रै अहिलेसम्म देशको हविगत यस्तो भएको छ हामी किन नदिने भनेर हाम्रो समिति स्पष्ट भयो । रोकेर समस्या समाधान छैन भन्नेमा हामी पुगिसकेका छौँ । स्पष्ट भएरै हामीले यो निर्देशन दिएको हो ।’

बैठकमा बोल्दै जनता समाजवादी पार्टी नेपालकी सांसद तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकी सदस्य रेखा यादवले सुपारी खेतीलाई सरकारले महत्त्व नदिएको किसानहरूको गुनासो रहेको बताइन् । 

बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकी सदस्य सीता मिजारले उद्योग समितिले सुपारीको डिएनए परीक्षण गरेर भए पनि निर्यात गर्नु भनेर निर्देशन दिइसकेको भन्दै डिएनए गर्ने अवस्था छ, छैन भन्नेमा स्पष्ट हुनुपर्ने बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ