- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजानको बाकु भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । कार्तिक १३ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधि मण्डल कात्तिक १५ गते ३० गते सम्मको भ्रमणका लागि स्वीकृत गरेको बताए । उनले अजरबैजानको बाकु आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलनमा भाग लिन राष्ट्रपति पौडेल नेतृत्वको टोली त्यसतर्फ जान लागेको हो ।
त्यस्तै मन्त्रिपरिषद्ले नेपाल प्रहरीको एआईजी पदमा किरण राणा र डा. सुन्दर प्रसाद ह्योजुलाई बढुवा गरेको छ । नेपाल प्रहरी रिक्त जनपद समूहमा रिक्त रहेको अतिरिक्त प्रहरी महानिरीक्षक पदमा प्रहरी महानायक निरीक्षक राणालाई बढुवा गरी प्रदेश समन्वय विभाग नक्सालमा र प्राविधिक स्वास्थ्य समूह तर्फ रिक्त अतिरिक्त प्रहरी महानिरीक्षक पदमा प्राविधिक प्रहरी महानायक निरीक्षक ह्याजु लाई बढुवा गरी नेपाल प्रहरी अस्पताल महाराजगन्जमा पदास्थापना गरिएको मन्त्री गुरुङले बताए ।
उनले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको बताए । उनले आयोगको उपाध्यक्षमा जाजरकोटका सनत कार्की, सदस्यहरुमा महोत्तरीका गुञ्जनबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईँ, विज्ञतर्फ सदस्य सिन्धुपाल्चोकका डा. जगतबहादुर बस्नेत, कैलालीका टेक बहादुर शाह, दार्चुलाका गोवर्द्धन कोली र तनहुँकी आरती भण्डारी रहेको बताए । उनले नेपाल सरकार र भारतीय एजीम बैंकबीच भएको ऋण सम्झौता एलओसी सेकेन्ड र एलओसी चौथो लाइन अफ क्रेडिड संशोधन गरी ३५० अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर कायम गर्न स्वीकृत प्रदान निर्णय गरेको पनि बताए । मन्त्रिपरिषद्ले नयाँ बुटवल लम्ही ४०० केभी प्रसारण लाइन आयोजनाको टावर प्याड निर्माण गर्न रुपन्देही कपिलवस्तु,अर्घाखाँची र दाङ जिल्लामा करिब ०.२६ हेक्टर जग्गा प्राप्ति गर्न ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृत दिने निर्णय पनि गरेको छ । सरकारले सम्पत्ति शुद्धीकरण नियमावली २०८१ पनि स्वीकृत गरेको छ ।
यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू
१.नेपाल सरकार र भारतीय एजीम बैंकबीच भएको ऋण सम्झौता एलओसी सेकेन्ड र एलओसी चौथो लाइन अफ क्रेडिड संशोधन गरी ३५० अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर कायम गर्न स्वीकृत प्रदान गर्ने
२ नयाँ बुटवल लम्ही ४०० केभी प्रशारणलाइन आयोजनाको टावर प्याड निर्माण गर्न रुपन्देही कपिलवस्तु,अर्घाखाँची र दाङ जिल्लामा करिब ०.२६ हेक्टर जग्गा प्राप्ति गर्न ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृत दिने
३ नेपाल प्रहरी रिक्त भएको अतिरिक्त प्रहरी महानिरीक्षक पदमा प्रहरी महानायक निरीक्षक किरण राणालाई बढुवा गरी प्रदेश समन्वय विभाग नक्सालमा र प्राविधिक स्वास्थ्य समूह तर्फ रिक्त अतिरिक्त प्रहरी महानिरीक्षक पदमा प्राविधिक प्रहरी महानायक निरीक्षक डा. सुन्दरप्रसाद होजुलाई बढुवा गरी नेपाल प्रहरी अस्पताल महाराजगन्जमा पदास्थापना गर्ने
४.राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा अरवैजनको राजधानी वाकुवमा हुने राष्ट्र संघीय जलवायु सम्बन्धी महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलनमा कोप २९ अन्तरगर्त वल्डलिडर क्लाइमेट एक्सन समिटमा सहभागी हुन कात्तिक १५ देखि ३० सम्मको भ्रमण स्वीकृत गर्ने
५.समस्याग्रस्त सहकारी कार्यालयको लागि आर्थिक वर्ष २०८१÷८२ को लागि अधिकृत स्तरको थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने
६.भूमि समस्या समाधान आयोगको अध्यक्ष उपाध्यक्ष र सदस्य पदमा क्रमशः हरि प्रसाद रिजाल प्युठान,सनतकुमार कार्की, जाजरकोट,गुन्जबहादुर खड्का महोत्तरी,कृष्ण प्रसाईँ झापा,डा.जगतबहादुर बस्नेत सिन्धुपाल्चोक , टेकबहादुर साह कैलाली र गोवर्धन कोली दाजुला आरती भण्डारी तनहुँ महिला सदस्य
७.माछाखोला जलविद्युत आयोजना निर्माणको लागि गोर्खा जिल्लाको दार्जे गाउँपालिकामा रहेको राष्ट्रिय वनको ४.९५ हेक्टर भएको जग्गा प्रयोग गर्न वन तथा वातावरण मन्त्रालयलाई स्वीकृत दिने
८ नेपाल संस्कृत विश्व विद्यालयको जग्गा तथा सम्पत्ति खोजविन समितिको म्याद दुई महिना थप गर्ने
९.कात्तिक २८ र २९ मा स्पेन सरकारको आयोजनामा र्मडिटमा हुने टु अर्स लेभर इन्टरनेशनलको सम्मेलनमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीलाई भ्रमण स्वीकृत दिने
१०.युनाइनेट नेशसन हुमान प्रागाममा कायरोमा सहभागी हुन पोखरामा मेयर धनराज आर्चायलाई स्वीकृत गर्ने
११.सम्पत्ति शुद्धीकरण नियमावली २०८१ स्वीकृत
१२.विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश २०८१ स्वीकृत