arrow

मार्चुलामा बस दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु, २० घाइतेमध्ये केही गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १९ सोमबार
accident-final.jpg

नयाँदिल्ली । भारतको उत्तरी राज्य उत्तराखण्डमा सोमबार बस गहिरो खोलामा खरेर दुर्घटना हुँदा २२ जना भन्दा बढीको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।  

 प्रहरी अधिकारीका अनुसार दुर्घटना उत्तराखण्ड  राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८ः३० बजे भएको थियो । मार्चुला पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्यमध्ये एक हो ।
  
दुर्घटनामा घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ भने घटनास्थलमा उद्धार टोली तैनाथ गरिएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा सबै स्थानीय रहेका छन् । पोढीबाट रामनगरतर्फ गइरहेको निजी बस दुर्घटनाग्रस्त भएको जनाइएको छ ।  

मृतकको पहिचान गर्ने प्रयास भइरहेको छ भने घाइतेहरूलाई उपचारका लागि स्थानीय सरकारी अस्पतालमा लगिएको छ । एजेन्सी



नयाँ