- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको कामीडाँडामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
ग्रेस नेपाल रोशी ३ को आयोजनामा बाल उन्नति प्रावि गोलगाउँ बेथानचोक–६ काभ्रे मा भएको शिविरमा ४६७ जना बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा ६९ जनाको ल्याब परीक्षण, ५८ जनाको ईसीजी, ७६ जनाको भिडियो एक्सरे गरिएको थियो ।
४८ जनालाई शल्यक्रियाका लागि केएमसी रिफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।