arrow

नेपाली खेलाडीले आईपीएलमा नाम दर्ता गराएनन्, मेगा अक्सनमा पन्ध्र सय ७४ खेलाडी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २१ बुधबार
ipl-logo-always.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट अन्तर्गत मेगा अक्सनका लागि एक हजार ५७४ खेलाडी दर्ता भएका छन् ।

नोभेम्बर ४ सम्म खेलाडी दर्ताको समय दिइएकोमा ११६५ भारतीय र ४०९ विदेशी खेलाडी दर्ता भएको आईपीएलले जानकारी दिएको छ ।

दर्ता भएका खेलाडीमा ३२० क्याप्ड खेलाडी रहेका छन् भने १२२४ खेलाडी अनक्याप्ड र ३० खेलाडी एसोसियट्स देशबाट रहेका छन् ।

दर्ता भएका विदेशी खेलाडीमा अफगानिस्तानका २९, अस्ट्रेलियाका ७६, बंगलादेशका १३, क्यानाडाका ४, इङ्गल्याण्डका ५२, आयरल्याण्डका ९, इटालीका एक, नेदरल्याण्ड्सका १२, न्यूजिल्याण्डका ३२, स्कटल्याण्डका २, दक्षिण अफ्रिकाका ९१, श्रीलंकाका २९, यूएईका एक, अमेरिकाका १०, वेस्ट इन्डिजका ३३ र जिम्बाबेका ८ खेलाडी दर्ता भएका छन् ।

नेपालबाट भने यस पटकको आईपीएलको अक्सनमा कुनै खेलाडी दर्ता भएका छैनन् । नेपालबाट अहिलेसम्म सन्दीप लामिछानेले मात्र खेल्ने अवसर पाएका छन् । हरेक वर्ष नेपाली खेलाडीले दर्ता गराएका भए पनि कुनै पनि टिमको नजर नगएसँगै यसपालि कसैले पनि नाम दर्ता नगरेका हुन् । 

यी खेलाडीबाट विभिन्न फ्रेन्चाईजीले २०४ खेलाडीलाई चयन गर्नेछन् । आईपीएलका १० फ्रेन्चाईजीमा एक टिमले बढीमा २५ खेलाडी राख्न पाउने व्यवस्था रहेको छ ।

आईपीएलको मेगा अक्सन नोभेम्बर २४ र २५ मा साउदी अरेबियाको जेदाहमा हुने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ