- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हुम्ला । हुम्लाको डाँडाफयामा अज्ञात रोगले पशु चौपाया मर्न थालेपछि औषधिसहित पशु चिकित्सकको टोली डाँडाफयामा पुगेको छ । सिमकोट गाउँपालिका ७ डाँडाफया गाउँका पशु बस्तुमा अज्ञात रोगको संक्रमण देखिएको छोटो अवधिमै पशु चौपाया मर्ने थालेपछि पशु चिकित्सक गाउँमा पुगेका हुन् ।
एक हप्ता यता डाँडाफया, थाया, जबुका लगायतका गाउँका पशुमा अज्ञात रोग देखिन थालेको सिमकोट—७ डाँडाफयाका वडा अध्यक्ष बलबिर शाहीले बताए । एक्कासी गाई, गोरु लगायतका पशुहरुले घाँस खान छोड्ने, मुखबाट र्याल निकाल्ने र पिसाबबाट रगत बग्ने लक्षण देखिएको ३ दिनपछिे पशु चौपाया मर्ने गरेको वडा अध्यक्ष शाहीले बताए ।
एक हप्तामा ४ अज्ञात रोगले पशु मरेको र गाउँका अन्य दश वटा जुमा, झोपामा यो लक्षणको रोग देखिएको उनले बताए ।
यसको मुख्य लक्षण मुखबाट र्याल छोड्ने घाँस खान मन नपराउने हिड्न नसक्ने यो रोगको लक्षण रहेको अज्ञात रोग लागेको जानकारी आए लगत्तै औषधि र पशु चिकित्सकसहित भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका प्रमुख कृष्ण रोकायाको नेतृत्वमा सिमकोट गाउँपालिका पशु शाखाका प्राविधिक डाँडाफया पुगेर बिरामी पशु चौपाया औषधि गिर रोगको परिक्षणका लागि श्वाप लिएर सिमकोट फर्किएको भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय हुम्ला श्रोतले जनाएको छ ।