arrow

कर्णालीका तीन जिल्लाका लागि सुर्खेतबाट ताराले थाल्यो उडान

logo
जनकबहादुर शाही,
प्रकाशित २०८१ मंसिर २१ शुक्रबार
tara-airlines-surkhet.jpg

हुम्ला । साविक कर्णालीका तीन जिल्लाका लागि सुर्खेतबाट तारा एयरलाइन्सले उडान भर्न थालेपछि कर्णालीका तीन हिमाली जिल्ला हुम्ला, मुगु र जुम्लाका नागरिक हरुलाई सहज हुने भएको छ ।

 बुधबारदेखि ती जिललाहरुमा उडान सुरु गरेसँगै सुर्खेतमा बसोबास गर्दै आएका स्थानीय बासिन्दा, काम बिशेषले आउजाउ गर्ने कर्मचारी र अध्ययनरत विद्यार्थीहरू विशेष रूपमा लाभान्वित भएका छ ।

अबदेखि हप्ताको दुई दिन बुधबार र शनिबार सुर्खेतबाट सिमीकोट, जुम्ला र रारा विमानस्थलमा नियमित उडान हुने तारा एयरलाइन्स नेपालगन्जका स्टेशन इन्चार्ज सूर्य मणि सुवेदीले बताए । 

सुर्खेतदेखि सिमीकोटको रु ८ हजार, रारा र जुम्लाको रु ६ हजार ५ सय भाडा रहेको प्रमुख सुवेदीले बताए । 

तारा एयरलाइन्सले सुर्खेतबाट उडान शुरु गरेसँगै हवाई यात्रा गर्न लुम्बिनी प्रदेशको नेपालगन्ज जानुपर्ने बाध्यता हटेको सिमकोट २ का लोग भण्डारीले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ