arrow

हुम्लामा थपिए तीन सय ७२ नयाँ मतदाता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
humla-election-office.jpg

हुम्ला । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हुम्लामा ३ सय ७२ नयाँ मतदाता थप भएका छन्। जिल्लाको निर्वाचन कार्यालय हुम्लामा दर्ता भएका नयाँ मतदाता ३ सय ७२ जना जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाले बताए  ।  

 निर्वाचन कार्यालयमा नाम दर्ता गराउनेमध्ये २ सय ३ पुरुष र १ सय ६९  महिला रहेका छन् । जिल्लामा नाम दर्ता गराउने युवाहरूको सहभागिता उत्साहजनक रहेको र धेरैले आफ्नो नाम छुट्ने भयले पनि दर्ता गराएका  हुन् । 

यस पटक जिल्लामा नाम दर्ता गराउनेमध्ये अधिकांश मतदाता १८ देखि ३५ वर्ष उमेर समूहका भएको जिल्ला निर्वाचन अधिकारी रोकायाले बताए  ।  २०७९ सालको निर्वाचनमा हुम्लामा ३२ हजार ८ सय ५७ मतदाता थिए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यालयले नयाँ मतदाता नाम दर्ता गर्ने, सूची सच्याउने, स्थान परिवर्तनलगायतका काम गर्दै आएको थियो ।

७ वटा स्थानीय तह रहेको हुम्लामा ५८ मतदान स्थल रहेकोमा दुई वटा मतदान स्थल थपका लागि हुम्लामा वसेको जिल्ला स्तरीय मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यबिधि २०८१ समितिको बैठक निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

यदि निर्वाचन आयोगले दुई वटा मतदान स्थल थप गर्ने अनुमति दिएमा हुम्लामा ६० वटा मतदानस्थल  हुने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ