arrow

राष्ट्रपतिद्वारा सूर्यसहित छठी माताको पूजा आराधना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २२ बिहिबार
chhat-ramchandra-poudel-081-min.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कमलपोखरी र गौरीघाट पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका छन् । बिहीबार राष्ट्रपति पौडेलले कमलपोखरी र गौरीघाट पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका हुन् । 

देशका विभिन्न भागमा भव्य रूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रही आएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ । 

छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि भव्य रूपमा सजाइएको थियो । छठ पर्व हेर्ने सर्वसाधारणहरुको पनि छठ घाटमा उल्लेख्य भीड रहेको थियो । गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली, कुपण्डोल, नख्खु खोला, विष्णुमती र बागमती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठ घाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरी पूजा आराधना गरिएको छ । 

आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका व्रतालु शुक्रबार बिहान सूर्य नउदाएसम्म छठ पूजा स्थलमै जाग्राम बस्छन् । बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ