arrow

तीस वर्षीया टेबल टेनिस खेलाडी सेलिशाको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २४ शनिबार
selisha-khadki.jpg

पाेखरा। नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ ।

लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको टेबलटेनिस प्रशिक्षक राकेश महर्जनले जानकारी दिए ।

उनका अनुसार ३० वर्षीया सेलिशाको शुक्रबार नै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ ।

सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबल टेनिस च्याम्पियनसिप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा खेलेकी थिइन् ।

यसैगरी सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियनसिपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ