arrow

देशभरको मौसम सफा रहने

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : पहाडमा हल्का वर्षा, हिमालमा हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २५ आइतबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

त्यसै गरी आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । देशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा मुलुकका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले ती क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले त्यस भेगका सबैलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ