- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाई हवाई भाडा महँगो भएको भन्दै विरोधमा उत्रेका छन् । कांग्रेसका प्रतिनिधि सभा सांसद बजगाई लगायतले माइतीघर मण्डलामा आइतबार विरोध प्रदर्शन गरेका हुन् ।
उनले नेपालमा हवाई भाडा महँगो हुँदा रोजगारीका सिलसिलामा विभिन्न देश जानुपर्ने मानिसहरू भारत हुँदै जान थालेकोसमेत जिकिर गरे ।
बजगाईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न दैनिक १० घन्टा बन्द गर्दा उडानको चाप रहेको भन्दै सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नियमित नगर्दा समस्याहरू देखिएको बताए ।
बजगाईले नेपालको उड्डयन र पर्यटन क्षेत्र अस्तव्यस्त रहेको गुनासोसमेत गरेका छन् ।
यो विरोध प्रदर्शन नागरिकको अधिकार प्राप्तिका लागि, सरकारलाई जवाफदेही बनाउन र तिनीहरुको आवश्यकता र चासोसँग मेल खाने नीतिहरुको माग गर्नका लागि एउटा उपाय भएको बजगाईले जनाएका छन् ।
यस अवस्थामा विरोधहरुले थप प्रभावकारी विमानस्थल सञ्चालन, श्रमिक अधिकारको संरक्षण र सरकारलाई पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न दबाब दिने उनको विश्वास छ ।
यसले नेपाली श्रमिक, नागरिक र समग्र अर्थतन्त्रको वास्तविक चासोको सम्बोधन गर्ने पनि बजगाईको विश्वास छ ।