arrow

भारतको ५१औँ प्रधानन्यायाधीश बने सञ्जीव खन्ना 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २६ सोमबार
sanjeev-khanna-cj-india-202.jpg

काठमाडौँ । सञ्जीव खन्ना भारतका ५१औँ प्रधानन्यायाधीश बनेका छन् । न्यायाधीश सञ्जीव खन्नाले सोमबार बिहान राष्ट्रपति भवनमा भारतको ५१औँ प्रधानन्यायाधीशको सपथ लिएका छन् ।

राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ प्रधानन्यायाधीशलाई सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए ।

आइतबार न्यायाधीश डीवाई चन्द्रचूडले भारतको ५०औं प्रधानन्यायाधीशको रूपमा आफ्नो कार्यकाल समाप्त गरेका थिए । उनी दुई वर्षभन्दा बढी समय यस पदमा थिए।

न्यायाधीश सञ्जीव खन्ना २४ अक्टोबरमा नै भारतको प्रधानन्यायाधीश नियुक्त भएका थिए । उनले १९८३ मा आफ्नो करियर शुरु गरेका थिए । सर्वोच्च अदालत अघि उनले दिल्लीको तीस हजारी जिल्ला अदालत, दिल्ली उच्च अदालतलगायत धेरै अदालतमा अभ्यास गरेका थिए ।



नयाँ