arrow

मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान गरेकोविरुद्ध परेको रिट हेर्न नमिल्नेमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २६ सोमबार
uml-pm-kp-oli-min-bahadur-gurung-plot.jpg

काठमाडौँ । भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङले एमालेलाई दिएको जग्गाविरुद्ध परेको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ ।

न्यायाधीश नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा अन्तरिम आदेश दिने–नदिने छलफलका लागि सोमबार तोकिएको पेशी हेर्न नमिल्नेमा राखिएको छ ।

न्यायाधीश सुवेदीले यसअघि भाटभटेनीका सम्बन्धमा परेका मुद्दा हेरिसकेका कारण यो मुद्दा हेर्न नमिल्नेमा परेको हो । यसअघि कार्तिक ८ गते पनि यो मुद्दाको सुनुवाइका लागि नहकुल सुवेदीको इजलासमा तोकिएको पेशी हेर्न नमिल्नेमा राखिएको थियो ।

यस मुद्धामा कार्तिक १२ गते न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ र अल्पकालीन अन्तरिम आदेश जारी गर्दै तत्काल उक्त जग्गामा कुनै संरचना नबनाउन आदेश दिएको थियो ।

निवेदक अधिवक्ताहरू ज्ञानबहादुर बस्नेत, श्यामकृष्ण मास्के र अर्जुन थापाले एमाले र भाटभटेनीका सञ्चालक गुरुङलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

एमालेले गुरुङलाई पार्टीको कार्यकर्ता भएको बताउँदै आएको छ ।

एमाले सत्तामा भएका बेलामा विभिन्न सरकारवादी मुद्दाको दोष खेपिरहेका गुरुङले जग्गा दिनु गलत भएको बताउँदै आइएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ