- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले दोलखाको सिंगटीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
कारितास नेपालको आयोजनामा बिगु गाउँपालिकाको सिंगटीमा भएको शिविरमा ६०३ जना बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा ८७ जनाको ल्याब परीक्षण, ७७ जनाको ईसीजी, ११३ जनाको भिडियो एक्सरे गरिएको थियो ।
४३ जनाको दाँत निकालिएको थियो भने ३७ जनालाई शल्यक्रियाका लागि केएमसी रिफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।