arrow

रविको बयानलाई प्रभावित पार्ने गरी रास्वपाले रुपन्देहीमा निकाल्यो मोटरसाइकल र्‍याली [फोटोफिचर]

logo
नारायण वली,
प्रकाशित २०८१ कार्तिक २९ बिहिबार
rsp-rally-motorcycle-butwal.jpg

लुम्बिनी । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रकाउ परेको विरोधमा रुपन्देहीमा रास्वपा मोटरसाइकल र्याली निकालेर प्रदर्शन गरेको छ ।

बुटवलको सुप्रिम  सहकारी बचत ठगी गरेको आरोपमा रविलाई मंगलबार कास्कीबाट रुपन्देही ल्याएदेखि दैनिक रुपन्देहीमा प्रर्दशन हुँदै आएको छ।

रास्वपा कार्यकर्ताले बुटवलमा शान्तिपूर्ण मोटरसाइकल र्याली निकालेका छन् । दिउँसो साढे १ बजे निकालिएको र्याली भैरहवा पुगेर प्रदर्शन गरिएको रास्वपा लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरेले बताए । 

बाहिर र्याली निकालिँदा सरकारी वकिलको कार्यालयमा भित्र भने रविको बयान जारी रहेको थियो । 

यसैबीच रवि लामिछानेको रुपन्देहीमा बयान सकिने क्रममा छ । जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा मंगलबारदेखि जारी बयान आज सकिन लागेको हो ।

प्रहरी स्रोतले रवि लामिछानेलाई मंगलबार मौखिक प्रश्न सोधिएको थियो भने बुधबार र बिहाबार करिब ७० लिखित प्रश्न सोधिएको छ ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरुको टोलीले लिएको बयानमा आफू सहकारी ठगी प्रकरणमा संलग्न नभएको बताएका छन् । उनले गोरखा मिडियामा सहकारीको रकम आएको बारे जीबी राईलाई नै थाहा भएको बयान दिएका छन् ।

रुपन्देहीमा बयान सकिएपछि लामिछानेलाई आजै पोखरा लैजाने तयारी गरिएको छ । प्रहरी स्रोतका अनुसार मौसमको अनुकुलता भएमा आजै लामिछानेलाई विमानबाट पोखरा लगिने भएको छ ।

पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

rsp-motorcycle-rally-bhairahawa (1).jpg
rsp-motorcycle-rally-bhairahawa (2).jpg
rsp-motorcycle-rally-bhairahawa (3).jpg
rsp-motorcycle-rally-bhairahawa (4).jpg
rsp-motorcycle-rally-bhairahawa (5).jpg
rsp-motorcycle-rally-bhairahawa (6).jpg
rsp-motorcycle-rally-bhairahawa (7).jpg
rsp-motorcycle-rally-bhairahawa (8).jpg
rsp-motorcycle-rally-bhairahawa (9).jpg
rsp-motorcycle-rally-bhairahawa (10).jpg
rsp-motorcycle-rally-bhairahawa (11).jpg
rsp-motorcycle-rally-bhairahawa (12).jpg
rsp-motorcycle-rally-bhairahawa (13).jpg
rsp-motorcycle-rally-bhairahawa (14).jpg
rsp-motorcycle-rally-bhairahawa (15).jpg


नयाँ